दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खा खामडाँडामा आज मिति २०७८/०२/२६ गते देखि आधारभूत सामुदायिक स्वास्थ्य केन्द्र संचालनमा आएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्नु हुँदै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि श्री भुपेन्द्र राई ज्यू र गाउँपालिका उपाध्यक्ष तथा विशेष अतिथि श्री सपना राई ज्यू । साथै सोही अवसरमा खामडाँडामा १५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना र अस्थायी कोभिड अस्पतालमा ७ जनामा ३ जनाको पोजेटिभ गरी आज जम्मा ९ जनाको एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएको छ ।
बढ्दो कोरोना भाइरस(कोभिड-१९) को संक्रमणलाई न्यूनिकरण गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ दुधिले भञ्ज्याङ छितापोखरीमा आज मिति २०७८/०२/२३ गते देखि आधारभूत सामुदायिक स्वास्थ्य केन्द्र संचालनमा आएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्नु हुँदै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि श्री भुपेन्द्र राई ज्यू र गाउँपालिका उपाध्यक्ष तथा विशेष अतिथि श्री सपना राई ज्यू ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ७ खाम्ला निवासी कोभिड-१९ संक्रमित सिकिस्त ६४ वर्षिय सिकिस्त विरामी श्री कमला राईलाई कोभिड अस्थायी अस्पताल याम्खा लानु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू । उहाँको शरिरमा अक्सिजनको मात्रा एकदमै कम ५५ मात्र रहेको थियो ।