दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७७/०७८ को सामाजिक विकास कार्यक्रम अन्तर्गत आज मिति २०७८/०३/२९ गते सात वटै वडाका १-१ वटा आमा समूहरूलाई कम्बाईन राइस मिल वितरण गरिएको छ । उक्त मिल वितरण गर्नु हुँदै गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल ज्यू लगायत वडा नं. ३ का वडाध्यक्ष श्री ईन्द्र बहादुर बस्नेत ज्यू, वडा नं. ५ का वडाध्यक्ष श्री पुर्ण बहादुर खड्का ज्यू ।
आज मिति २०७८ साल असार २८ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ बतासे स्थित मुसुरीडाँडामा ५ जनाको कोभिड-१९ एन्टिजेन परीक्षण गर्दा वर्ष ५४ को उमा वि.क., वर्ष ६५ को यदुलाल वि.क. र वर्ष ५४ को पूर्ण बहादुर वि.क.लाई कोभिड-१९ पोजेटिभ देखिएको छ । त्यस्तै हिजो गरिएको परीक्षणमा वडा नं. १ याम्खा मोहरियाको ३१ वर्षिय राजु श्रेष्ठलाई पोजेटिभ देखिएको थियो ।
<---हाल सम्मको विवरण--->
जम्मा संक्रमित संख्या : १७६ जना
निको भएको संख्या : १२३ जना
हाल सक्रिय संक्रमित : ५३ जना
जम्मा परीक्षण : ५६२( एन्टिजेन : ४११ र पि.सि.आर.: १५१)