समाचार
गाउँपालिका भित्र १००० घरधुरी र जिल्ला बाहिर ३७८ परिवारलाई राहत वितरण
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तेस्रो चरणको राहत अन्तर्गत वडा नं. ३ छोरम्बु ३० घरधुरी, वडा नं. ४ बतासे ४१ घरधुरी,वडा नं. ५ स.छितापोखरी ३३ घरधुरी र वडा नं. ६ छितापोखरी ३६ घरधुरी गरी जम्मा १४० घरधुरीलाई आज मिति २०७७/०२/१७ गते राहत वितरण गरेको छ । आजसम्म गाउँपालिका भित्र १००० घरधुरी र जिल्ला बाहिर ३७८ परिवारलाई राहत वितरण गरेको जानकारी गराइन्छ । साथै गाउँपालिकाका प्रत्येक परिवारलाई २५ के.जि. को २ बोराको दरले ढुवानी अनुदान समेत प्रदान गरेको थियो ।