समाचार
काठमाडौँमा २०७ परिवारलाई उहाँहरू बसेकै स्थानमा पुगि गाउँपालिकाले राहत वितरण
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणको लागि देशभरी लागू गरिएको लकडाउनको कारणबाट यस गाउँपालिकाबाट उपत्यकामा गई असंगठित मजदुरी गर्ने तथा विद्यार्थीहरु समेतमा खाना खाने समस्या परेको भन्ने बुझिएको हुँदा त्यस्ता नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउने भन्ने कोभिड–१९ संक्रमण तथा नियन्त्रण कार्यदलको मिति २०७७/०१/०४ को निर्णय अनुसार काठमाडौँ उपत्यकामा वितरण गरिने राहत कार्यको सहजिकरण गर्नुपर्ने भएको हुँदा गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षहरु समेतको मिति २०७७/०१/०८ गते बसेको बैठकको निर्णय अनुसार गणेश थापाको संयोजकत्वमा नवराज रोका र सञ्जिब आचार्य समेत ३ जनाको समिति गठन गरी सञ्जिब आचार्य, ओमसरा राई र सुनिता राईलाई सम्पर्क व्यक्ती तोकी विवरण टिपाउनु हुने गाउँपालिकाबासी २०७ परिवारलाई गाउँपालिकाले उहाँहरू बस्नु भएको स्थानमा गई राहत वितरण गरेको जानकारी गराइन्छ ।