समाचार
पहिलो चरणमा ६०० घरधुरीलाई राहत वितरण कार्य सम्पन्न साथै दोस्रो चरण पनि पहिचान भएकाहरूलाई छिटै बितरण गरिने जानकारी गराइन्छ ।
पहिलो चरणको राहत वितरण कार्य सम्पन्न साथै दोस्रो चरण पनि पहिचान भएकाहरूलाई छिटै बितरण गरिने जानकारी गराइन्छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारण लकडाउनले आम नागरिकहरुलाई अस्तव्यस्त बनाएको छ । यस संकटको घडीमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासी आम नागरिकहरुलाई राहत दिनु स्थानीय सरकारको कर्तब्य हो । आफ्नो कर्तब्य र जिम्मेवारी महसुश गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्रका व्यवसायिक कृषि उत्पादनहरु तथा कृषि उत्पादकको बिक्री वितरणबाट परिवारका अन्य आवश्यकताका बस्तुहरु परिपूर्ति गर्ने वर्गहरुको उत्पादित बस्तु लकडाउनको कारणबाट साप्ताहिक हाटबजारहरु बन्द भएकोले बिक्री वितरण गर्न नपाएको अवस्थामा बिग्रेर सडेर जाने कुरालाई ध्यानमा राख्दै वडा नम्बर १ को कृषकहरुले उत्पादन गरेको रु ११,६८० बराबरको ३६५ के.जी. बन्दा जस्ता उपजहरुलाई गाउँपालिकाले सहुलियत मूल्यमा खरिद गरी खाद्य आवश्यकताको आधारमा वडा नम्बर १ याम्खा र वडा नम्बर ७ टेम्माका श्रमिक वर्ग, दलित, अल्पसंख्यक ,पुर्ण अपाङ्ग, खान नपुग्ने नागरिकहरु, सुकुम्बासी तथा असहायहरुलाई चामल–२५ के.जी., नुन– १ के.जी., खाने तेल– १ प्याकेट, दाल– २ के.जी, तरकारी इत्यादी जस्ता सामाग्रीहरु राहतको रुपमा गाउँपालिकाबासीहरुलाई उपलब्ध गराउनु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल, वडा नम्बर १ को वडा अध्यक्ष श्री सम्शेर ब कार्की ,कार्यापालिका सदस्यहरु सत्यावती राई र चन्द्रकला राई, वडा सदस्यहरु हरि ब क्षेत्री,अमृत गिरी,शान्तामाया मुग्राती र कृषि शाखा संयोजक श्री सरगम बुढाथोकी, कृषि प्राविधिक श्री लक्ष्मी प्रसाद रेग्मी। आज मिति २०७६ चैत्र २९ गते याम्खाको ७७ घरधुरी र टेम्माको ७९ घरधुरीलाई राहत वितरण गरियो । गाउँपालिकाले मिति २०७६ चैत्र २६ गते वडा नम्बर ४ बतासेबाट शुरु गरी वडा नम्बर १ याम्खा र वडा नम्बर ७ टेम्मामा चैत्र २९ गते सम्पन्न गरेको हो । वडा नम्बर १ याम्खा ७७ घरधुरी
वडा नम्बर २ डाडागाउ १०४ घरधुरी
वडा नम्बर ३ वडा छोरम्बु ८५ घरधुरी
वडा नम्बर ४ बतासे १४९ घरधुरी
वडा नम्बर ५ स-छितापोखरी ६७ घरधुरी
वडा नम्बर ६ छितापोखरि ३९ घरधुरी
वडा नम्बर ७ टेम्मा ७९ घरधुरी गरी
गाउँपालिका भरी जम्मा ६०० घरधुरीलाई जम्मा १५०० के.जी. चामल, ६०० के.जी. नुन, ६०० प्याकेट तेल, १२०० के.जी. दाल र रु ३१,३१६ रुपैयाँ बराबरको तरकारी(काउली रु ५९२० को १८४ के.जी., आलु रु ११,७०० को ४६८ के.जी., बन्दा रु १३,६९६ को ५८४ के.जी.) वडा नम्बर १,२ र ५ को कृषकहरुबाट खरिद गरी सफलतापुर्वक बितरण गर्ने कार्य सम्पन्न भयो । गाउँपालिकाले ट्याक्टर लगी कृषकहरुको घरघरमा गइ तरकारी किनेर वितरण गर्ने कार्यले कृषि उपज बिग्रेर जानबाट बचेको छ ।