समाचार
गाउँपालिकाको राजस्व सुधार कार्य योजना तर्जुमा गोष्ठी सम्पन्न
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको २ दिने राजस्व सुधार कार्य योजना तर्जुमा गोष्ठी गाउँपालिका उपाध्यक्ष तथा राजस्व परिचालन समितिका संयोजक श्री सपना राई ज्युको सभापतित्व तथा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख आथित्यतामा सम्पन्न भएको छ |
पालिकाको राजस्व अधिकार क्षेत्र, करको सिद्धान्त र यसका प्रकारहरु, राजस्व सुधार कार्य योजनाको उद्धेश्य तथा महत्व साथै पालिकाको राजस्व सम्बन्धी तथ्याङ्क तथा सूचनाको आवश्यकता र उपलब्धता, राजस्वका अनुमानित आधार र दरहरु तथा राजस्वको सम्भाब्यता यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ |