समाचार
वडा नं २ (डाँडागाउँ) र वडा नं ७ (टेम्मा)को वडा कार्यालयमा योजना/कार्यक्रम सम्झौता भयो। प्रकाशित मिति -२०७९-०८-२७
जनताको सहजताको लागि वडा बाटै योजना सम्झौता!
#दोश्रो_दिन!
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको चालू आ. व. २०७९/८० को विनियोजित वार्षिक योजना तथा कार्यक्रम सञ्चालनार्थ सामुदायिक विद्यालय, संघ/संस्था/समूह तथा उपभोक्ता समोतिहरुसंग सम्बन्धित वडामा गई योजना/कार्यक्रम सम्झौता गर्ने गाउँपालिकाको निर्णयानुसार आज मिति २०७९/०८/२७ गते मंगलबार वडा नं २ (डाँडागाउँ) र वडा नं ७ (टेम्मा)को वडा कार्यालयमा योजना/कार्यक्रम सम्झौता भयो ।
भोलि मिति २०७९/०८/२८ गते बुधबार वडा नं ३( छोरम्बु) को योजना/कार्यक्रमहरुको सम्झौता वडा कार्यालय, वडा नं ३ मा बिहान ठिक ९ बजेवाट सुरु हुनेछ ।