समाचार
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारण लकडाउनले आम नागरिकहरुलाई अस्तव्यस्त बनाएको अवस्थामा गाउँपालिकाबासीहरूलाई राहत वितरण गरिदै
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारण लकडाउनले आम नागरिकहरुलाई अस्तव्यस्त बनाएको छ । यस संकटको घडीमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासी आम नागरिकहरुलाई राहत दिनु स्थानीय सरकारको कर्तब्य हो । आफ्नो कर्तब्य र जिम्मेवारी महसुश गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्रका व्यवसायिक कृषि उत्पादनहरु तथा कृषि उत्पादकको बिक्री वितरणबाट परिवारका अन्य आवश्यकताका बस्तुहरु परिपूर्ति गर्ने वर्गहरुको उत्पादित बस्तु लकडाउनको कारणबाट साप्ताहिक हाटबजराहरु बन्द भएकोले बिक्री वितरण गर्न नपाएको अवस्थामा बिग्रेर सडेर जाने कुरालाई ध्यानमा राख्दै वडा नम्बर २ र ५ का कृषकहरुले उत्पादन गरेको काउली १२८ के.जीं. र ८२ के.जी. बन्दा जस्ता उपजहरुलाई गाउँपालिकाले रु ७,७४४।- बराबरको मूल्यामा खरिद गरी खाद्य आवश्यकताको आधारमा वडा नम्बर ४ बतासेका श्रमिक वर्ग, दलित, माझी, भुजेल ,पुर्ण अपाङ्ग, खान नपुग्ने गरिब समुदायका सुकुम्बासी नागरिक तथा असहायहरुलाई चामल–२५ के.जी., नुन– १ के.जी., खाने तेल– १ प्याकेट, दाल– २ के.जी, तरकारी इत्यादी जस्ता सामाग्रीहरु राहतको रुपमा गाउँपालिकाबासीहरुलाई उपलब्ध गराउनु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दहाल ज्यु, वडा नम्बर ४ को वडा अध्यक्ष श्री लोकेन्द्र राई ज्यु,कार्यापालिका सदस्य ग्यान बहादुर माझी ज्यु, वडा सदस्य अमृत गिरी ज्यु र कृषि प्राविधिक श्री लक्ष्मी प्रसाद रेग्मी ज्यु । आज मिति २०७६ चैत्र २६ गते बतासेका जम्मा १४९ घरधुरीलाई राहत वितरण गरियो । भोली मिति २०७६ चैत्र २७ गते स.छितापोखरी र छितापोखरीमा साथै अन्य वडामा पनि क्रमश बितरण गरिने जानकारी गराईन्छ ।
थप समाचार