समाचार
लोकतान्त्रिक सिंचाई योजनाको शिलान्यास
मिति २०७६/०८/०७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ अखटे स्थित " लोकतान्त्रिक सिंचाई योजना " को शिलान्यास गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु र उपाध्यक्ष श्री सपना राई ज्युले गर्न्नु भएको छ | १ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा जल तथा सिंचाई डिभिजन कार्यालय खोटाङले आह्वान गरेको बोलपत्र मार्फत श्री बिबस इन्टरनेशनल कन्ट्रक्सन कम्पनी काठमाडौं, नेपालले कुल लागत रु ७,७२,००,०००|- ( अक्षरूपी सात करोड बहत्तर लाख ) मा ठेक्का पारी मिति २०७६/०८/०७ गते देखि काम शुरु गरेको हो | जिरो पइन्टबाट जम्मा १३ किलोमिटर दुरी रहेको उक्त योजनाको ९ किलोमिटरसम्म पाइप जडान,आर.सी.सी.,पी.सी.सी,ग्याबिङ वाल,मेसिनरी वाल जस्ता कार्य निर्माण कम्पनीले ३० महिना भित्र सम्पन्न गरिसक्नु पर्ने छ भने बाकी खण्ड उपभोक्ता समितिले सम्पन गर्नुपर्ने छ र उक्त योजना छितापोखरी अखटे स्थित टुवा खोला देखि पंचमी बजार हुदै बतासे सम्म संचालन हुनेछ |