समाचार
राहत वितरणको तेस्रो दिनसम्म ५ वटा वडामा ४४४ घरधुरीलाई राहत वितरण कार्य सम्पन्न
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारण लकडाउनले आम नागरिकहरुलाई अस्तव्यस्त बनाएको छ । यस संकटको घडीमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासी आम नागरिकहरुलाई राहत दिनु स्थानीय सरकारको कर्तब्य हो । आफ्नो कर्तब्य र जिम्मेवारी महसुश गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्रका व्यवसायिक कृषि उत्पादनहरु तथा कृषि उत्पादकको बिक्री वितरणबाट परिवारका अन्य आवश्यकताका बस्तुहरु परिपूर्ति गर्ने वर्गहरुको उत्पादित बस्तु लकडाउनको कारणबाट साप्ताहिक हाटबजारहरु बन्द भएकोले बिक्री वितरण गर्न नपाएको अवस्थामा बिग्रेर सडेर जाने कुरालाई ध्यानमा राख्दै वडा नम्बर १ र २ का कृषकहरुले उत्पादन गरेको रु ११,७०० बराबरको ४६८ के.जीं. आलु र रु ८०० बराबरको २५ के.जी. बन्दा जस्ता उपजहरुलाई गाउँपालिकाले सहुलियत मूल्यमा खरिद गरी खाद्य आवश्यकताको आधारमा वडा नम्बर २ डाडागाउ र वडा नम्बर ३ छोरम्बुका श्रमिक वर्ग, दलित, अल्पसंख्यक ,पुर्ण अपाङ्ग, खान नपुग्ने नागरिकहरु, सुकुम्बासी तथा असहायहरुलाई चामल–२५ के.जी., नुन– १ के.जी., खाने तेल– १ प्याकेट, दाल– २ के.जी, तरकारी इत्यादी जस्ता सामाग्रीहरु राहतको रुपमा गाउँपालिकाबासीहरुलाई उपलब्ध गराउनु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल, वडा नम्बर ३ को वडा अध्यक्ष श्री इन्द्र ब बस्नेत,कार्यापालिका सदस्य सिता राई, वडा सदस्यहरु तुलस कुमार राई,अमृत गिरी,लिला ब तामाङ र कृषि प्राविधिक श्री लक्ष्मी प्रसाद रेग्मी। आज मिति २०७६ चैत्र २८ गते डाडागाउको १०४ घरधुरी र छोरम्बुको ८५ घरधुरीलाई राहत वितरण गरियो । भोली मिति २०७६ चैत्र २९ गते याम्खा र टेम्मामा बितरण गरिने जानकारी गराईन्छ । मिति २०७६ चैत्र २६ गते बतासेका १४९ घरधुरी, चैत्र २७ गते स.छितापोखरीको ६७ र छितापोखरीको ३९ घरधुरीलाई बितरण गरिएको थियो ।