FAQs Complain Problems

भूकम्प पिडितहरुको निजी आवास निर्माणका लागि सहुलियत कर्जा लिनका लागि बैंक तथा वित्तीय संस्थामा पेश गर्नु पर्ने कागजातहारु

नेपाल सरकारबाट मिति २०७५/०५/२१ मा स्वीकृत भई जारी गरिएको सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यबिधि २०७५ अनुसार रु तीन लाख सम्मको निजि आवास निर्माण कर्जा लिनका लागि बैंक तथा वित्तीय संस्थामा भूकम्प पिडितहरुले निम्नानुसारको कागजात पेश गरेपछी एक्काइस दिन भित्रमा कर्जा प्राप्त गर्ने छन् | 

१) सम्बन्धित बैंक तथा वित्तीय संस्थाको विधिवत रुपमा भरिएको कर्जा आवेदन फारम

२)  लाभग्राहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३) कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्व:घोषणा

४) निजी आवास पुन निर्माण अनुदानको सम्झौता पत्रको सम्बन्धित स्थानीय तहका प्रशासकीय अधिकृतबाट प्रमाणित प्रतिलिपी

५) भूकम्प पीडितले अनुदान सम्झौता गरेको वडा र सम्बन्धित स्थानीय तहबाट हालसम्म निजी आवास अनुदानको दोस्रो किस्ताका लागि निवेदन नदिएको व्यहोरा सम्बन्धित वडा सचिव  र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरिएको सिफारिस पत्र 

६) धितोका लागि आवश्यक लालपुर्जा लगायत  आवश्यक कागजात

जन प्रतिनिधि