समाचार
भण्डारेघाटमा सुनकोशी नदीको पानी लिफ्टिङ कार्य शुरू
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०७६/०७७ को गाउँसभाबाट रु ३० लाख रकम बिनियोजन गरी दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ भण्डारेघाटमा खानेपानी तथा सिंचाइको लागी सुनकोशी नदीबाट पानी लिफ्टिङ गर्न पुर्वाधार निर्माणको काम शुरूवात गरेको छ । यहि आर्थिक वर्षमा सम्पन्न हुनेगरी निर्माण हुन लागेको ४० हजार लिटर क्षमताको आर.सी.सी. ट्याङ्कीबाट ६० घरधुरी लाभान्वित हुनेछन् ।