समाचार
बैदेशिक रोजगारी वा अन्य कुनै कामको शिलसिलामा विदेशमा रहेका नागरिकहरूको यथासिघ्र उद्धार गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई अनुरोध
बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को कारण दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट बैदेशीक रोजगारीको सिलसीलामा वा अन्य कूनै कामको सिलसीलामा विदेशमा रहनु भएका केही नागरिकहरुलाई कोरोना संक्रमण भई सम्बन्धीत देशमा उपचार नपाईरहेको,कतिपयले रोजगार गूमाएको र खान बस्नको समस्या भईरहेको भन्ने सुनिएको हुँदा आज मिति २०७७/१/२०गते बसेको कोरोना भाईरस संक्रमण तथा नियन्त्रण स्थानिय कार्यदलको बैठकले उहाँहरूको तत्काल उपचारको ब्यवस्था मिलाउन,रोजगारीको ग्यारेन्टी गर्न र यथासिघ्र उद्धारगर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय लाई अनुरोध गर्ने निर्णय गरेको जानकारी गराइन्छ । यस गाउँपालिकाबाट १०८७ जना वैदेशिक रोजगारमा रहनु भएकोमध्ये १५९ जनालाई समस्या परेको भन्ने जानकारी प्राप्त भएको छ ।