समाचार
बजार अनुगमनको तेस्रो दिन : कोरोना भाइरस ( कोभिड-१९) को कारण बिश्वब्यापी संकटको घडीमा गाउँपालिकामा कालोबजारी तथा खाद्य संकट हुन नदिन बजार अनुगमन
" बिश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९) को कारण बिश्वब्यापी संकटको घडीमा गाउँपालिकामा खाद्य संकट हुन नदिन मिति २०७६ चैत्र १९ गते तेस्रो दिन दि.चु.गा.पा.-३ छोरम्बु अनुगमन गरिदै " । खाद्य सामाग्रीमा अभाव सृजना गर्ने, कालोबजारी तथा बढी मूल्यमा बिक्रीवितरण गर्ने जस्ता कार्य गर्न नदिन मिति २०७६ चैत्र १९ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ३ छोरम्बुका पसलहरु अनुगमन गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको नेतृत्वमा गाउँपालिका कर्मचारी टोली र सुरक्षा निकायले गरेको हो । मिति २०७६ चैत्र १५ गतेको गाउँपालिका स्तरीय समन्वय समितीको बैठकको निर्णयमा गाउँपालिकामा खाद्य बस्तु अभाव हुन नदिने भन्ने निर्णय अनुसार गाउँपालिकामा कालोबजारीको कारण खाद्य बस्तु अभाव हुन नदिन तथा उचित मूल्यमा बिक्रीवितरण गराउन गाउँपालिकाले बजार अनुगमन कार्यको मिति २०७६ चैत्र १७ गते ओख्रे बजारबाट शुरूवात गरेको हो । यस कार्यलाई थप कडाइका साथ निरन्तरता दिइ जुनसुकै बेला जुनसुकै स्थानमा अनुगमन हुनेछ।