समाचार
बजार अनुगमनको चौथो दिन " बिश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९) को कारण बिश्वब्यापी संकटको घडीमा गाउँपालिकामा खाद्य संकट हुन नदिन पसलहरु अनुगमन गरिदै "
बजार अनुगमनको चौथो दिन " बिश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९) को कारण बिश्वब्यापी संकटको घडीमा गाउँपालिकामा खाद्य संकट हुन नदिन पसलहरु अनुगमन गरिदै " । खाद्य सामाग्रीमा अभाव सृजना गर्ने, कालोबजारी तथा बढी मूल्यमा बिक्रीवितरण गर्ने जस्ता कार्य गर्न नदिन मिति २०७६ चैत्र २० गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खाका पसलहरु अनुगमन गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको नेतृत्वमा गाउँपालिका कर्मचारी टोली र सुरक्षा निकायले गरेको हो । मिति २०७६ चैत्र १५ गतेको गाउँपालिका स्तरीय समन्वय समितीको बैठकको निर्णयमा गाउँपालिकामा खाद्य बस्तु अभाव हुन नदिने भन्ने निर्णय अनुसार गाउँपालिकामा कालोबजारीको कारण खाद्य बस्तु अभाव हुन नदिन तथा उचित मूल्यमा बिक्रीवितरण गराउन गाउँपालिकाले बजार अनुगमन कार्य मिति २०७६ चैत्र १७ गते ओख्रे बजारबाट शुरूवात गरी १८ गते पन्चमी, त्रितीया र छितापोखरी बजार ,१९ गते छोरम्बु र आज मिति २०७६ चैत्र २० गते याम्खामा अनुगमन गरिएको हो । यस कार्यलाई थप कडाइका साथ निरन्तरता दिइ जुनसुकै बेला जुनसुकै स्थानमा अनुगमन हुनेछ।