परिचय

दिप्रुंग चुइचुम्मा गाउपालिका को सिमांकन नक्सा

जिल्ला सदरमुकाममा रहेको रुपाकोट मझुवागढी नगरपालिका सगैं जोडिएको दिप्रुंग चुइचुम्मा गाउंपालिका रुपाकोट मझुवागढीको केन्द्र दिक्तेलबाट पश्चिमी भेगमा पर्दछ । नगरपालिकाको केन्द्र दिक्तेलसंगै जोडिएको भए पनि गाउंपालिकाको केन्द्र सत्तेश्वर छितापोखरीको याङशलाटार सम्म पुग्न करीव एक दिन लाग्दछ । पुर्वमा खोटेहाङ, उत्तरमा साकेला गाउंपालिका रहेका छन भने, पश्चिममा रुपाकोट मझुवागढी र हलेसी नगरपालिका पर्दछन र दक्षिणमा सुनकोशी नदिले उदयपुुर जिल्लालाई छुट्याएको छ । पहिलेका ७ वटा गाविसहरु याम्खा, टेम्मा, डांडागाउं, छोरम्वु, बतासे, छितापोखरी र सत्तेश्वर छितापोखरी मिलेर बनेको यस गाउंपाकिाको केन्द्र सत्तेश्वर छितापोखरीको याङशलाटारमा रहेको छ । १३६.५९ बर्ग किलो मिटरमा फैदिएको यस गाउंपालिकामा २०६८ को जन गणना अनुसार यस गाउंपालिकाको जनसंख्या २०१७५ रहेको छ ।प्राय जनजातिहरुको बसोबास रहेको यस गाउंपालिकामा दलित लगायत क्षेत्री बाउन जातिहरुको पनि बसोबास बाक्लै रुपमा रहेको छ । सुनकोशी नदिको रसुवाघाटबाट गाउंपालिकाको केन्द्र हुदै खोटेहाङ सम्म मोटरबाटोको ट्रयाक खोलिएको यस गाउंपालिकाका सवै वडाहरुमा मोटरबाटोको ट्रयाक खोलीएको छ भने जिल्ला सदरमुकाम सम्म पनि मोटर बाटोले छोएके छ तर स्तरोन्नति नगरी सवै बाटोमा वर्षातको समयमा यातयात संचालन गर्न नसकिने यस क्षेत्रमा हिउंदको समयमा हलुका सावारी साधनहरु र बर्षातको समयमा समेत ट्रयाक्टरहरु भने विविध कठिनाईहरुको बावजुद पनि संचालनमा ल्याइदै आएको पाइन्छ ।