समाचार
दोस्रो दिन : विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारण लकडाउनले आम नागरिकहरुलाई अस्तव्यस्त बनाएको अवस्थामा वडा नम्बर ५ र ६ मा राहत वितरण गरिदै
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारण लकडाउनले आम नागरिकहरुलाई अस्तव्यस्त बनाएको छ । यस संकटको घडीमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासी आम नागरिकहरुलाई राहत दिनु स्थानीय सरकारको कर्तब्य हो । आफ्नो कर्तब्य र जिम्मेवारी महसुश गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्रका व्यवसायिक कृषि उत्पादनहरु तथा कृषि उत्पादकको बिक्री वितरणबाट परिवारका अन्य आवश्यकताका बस्तुहरु परिपूर्ति गर्ने वर्गहरुको उत्पादित बस्तु लकडाउनको कारणबाट साप्ताहिक हाटबजारहरु बन्द भएकोले बिक्री वितरण गर्न नपाएको अवस्थामा बिग्रेर सडेर जाने कुरालाई ध्यानमा राख्दै वडा नम्बर २ का कृषकहरुले उत्पादन गरेको काउली २० के.जीं. र ११२ के.जी. बन्दा जस्ता उपजहरुलाई गाउँपालिकाले रु ४,३८४।- बराबरको मूल्यमा खरिद गरी खाद्य आवश्यकताको आधारमा वडा नम्बर ५ स.छितापोखरी र वडा नम्बर ६ छितापोखरीका श्रमिक वर्ग, दलित, अल्पसंख्यक ,पुर्ण अपाङ्ग, खान नपुग्ने नागरिकहरु, सुकुम्बासी तथा असहायहरुलाई चामल–२५ के.जी., नुन– १ के.जी., खाने तेल– १ प्याकेट, दाल– २ के.जी, तरकारी इत्यादी जस्ता सामाग्रीहरु राहतको रुपमा गाउँपालिकाबासीहरुलाई उपलब्ध गराउनु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद दाहाल, वडा नम्बर ५ को वडा अध्यक्ष श्री पुर्ण बहादुर खड्का,कार्यापालिका सदस्य रमा खड्का, वडा सदस्यहरु अमृत गिरी, रेनुका कुमारी बि.क., स्वोस्तिका भुजेल, चन्द्र ब तामाङ,रेनुका बि.क. र कृषि प्राविधिक श्री लक्ष्मी प्रसाद रेग्मी। आज मिति २०७६ चैत्र २७ गते स.छितापोखरीका ६७ घरधुरी र छितापोखरीका ३९ घरधुरीलाई राहत वितरण गरियो । भोली मिति २०७६ चैत्र २८ गते डाडागाउँ र छोरम्बु साथै अन्य वडामा पनि क्रमश बितरण गरिने जानकारी गराईन्छ । हिजो बतासेका १४५ घरधुरीलाई बितरण गरिएको थियो ।
थप समाचार