समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मिति २०७७ बैशाख १६ गतेको कार्यपालिकाको बैठकको निर्णय
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मिति २०७७ बैशाख १६ गतेको कार्यपालिकाको बैठकको निर्णयहरु :-
१. कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा गाउँपालिकाको सञ्चित कोषबाट रु ७० लाख जम्मा गर्ने निर्णय ।
२. कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि लागू भएको लकडाउनबाट काठमाडौँमा प्रभावित नागरिकहरुलाई राहत वितरण सम्बन्धि मापदण्ड २०७६ र कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष सञ्चालन कार्यविधि २०७७ बमोजिमको राहत तत् तत् स्थानमा वितरण गरी गाउँपालिकाले आफ्नो पहलमा यहाँ ल्याउने कार्य नगर्ने तथा संक्रमण फैलिएका क्षेत्र तथा जिल्लाबाट प्रवेश गर्ने नाकाहरुलाई अझ प्रभावकारी रुपमा नियन्त्रण गर्ने ।
३. नागरिकहरुको सुविधालाई ध्यानमा राखी प्रति परिवार २ बोरा खाद्यान्न ढुवानी भाडामा गाउँपालिकाले अनुदान दिने ।
४. संक्रमित क्षेत्रबाट आउने नागरिकहरूलाई अझ बढि निगरानी राखी क्वारेन्टाइनमा अनिवार्य राख्ने ।