समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बिद्यालयमा " स्कुल नर्स कार्यक्रम " शुभारम्भ
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा जनस्तरसम्म पुर्याउन " स्कुल नर्स कार्यक्रम " संम्बन्धी चेतनामूलक प्रशिक्षण दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ ओख्रे स्थित श्री महेन्द्रोदय मा.वि.बाट स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मन्सुरी ज्युको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको प्रमुख अतिथ्यता र बिद्यालयका प्र.अ. श्री केशव कुमार खड्का ज्युको विशेष अथित्यतामा शुरु भएको छ | स्वास्थ्य , शिक्षा, विद्यालय र समाज एक अर्कामा अन्योन्याश्रीत समन्वय रहेका विषय भएको हुँदा प्रत्यक विद्यालयले स्कुल नर्स कार्यक्रमलाई सफल पार्न हप्ताको एक पिरियड यो कार्यक्रमलाई छुट्याउनु पर्ने छ भने गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी विद्यालयमा गई स्वास्थ्य सम्बन्धी अध्यापन गराउनु पर्नेछ । श्री महेन्द्रोदय मा.वि. ओख्रेका ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई स.छितापोखरी स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी. श्री चन्द्रमाया राई ज्युले प्रशिक्षण गर्नु भएको थियो |