समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी,वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र भए निशुल्क अन्यथा १००|-
आवश्यक कागजातहरु: 
१) बाबु वा आमाको नागरिकताको प्रतिलिपी
२) स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त  संस्थाबाट जारी जन्म प्रतिवेदन
३) घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
४) अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नु पर्ने व्यक्ति स्वयं उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नुपर्ने व्यक्तिको  जन्म प्रमाणित गरेको कागज
५) बिदेशी भएमा बाबु,आमाको राहदानी  प्रमाणपत्रको प्रतिलिपी  तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण
६) भारतीय भएमा भारतीय नागरिक भनि पहिचान खुल्ने प्रमाण
७) बाबु बेपत्ता वा ठेगाना नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

