समाचार
एस.जे.भि.एन. अरूण -३ पावर डेभलपमेन्ट कम्पनी प्रा.लि.सँग क्षतिपूर्ती माग गर्ने सम्बन्धमा ।
एस.जे.भि.एन. अरूण -३ पावर डेभलपमेन्ट कम्पनी प्रा.लि.ले निर्माण गर्न लागेको ४०० के.भी. प्रशारण लाईन TL Tower निर्माणका लागि यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाको टेम्मा, याम्खा, डाँडागाउ, छोरम्बु र बतासे भित्रका जग्गाहरू जिल्ला प्रशासन कार्यालय खोटाङबाट मिति २०७६ साल मंसिर १० गते गोरखा पत्र दैनिकमा सूचना प्रकाशन गरी विक्री वितरण तथा विभिन्न आर्थिक कारोबार समेत गर्न नपाउने गरी रोक्का गरिएकोमा २ वर्ष पछि उक्त TL Tower को प्रशारण लाईन प्राविधिक कारणबस परिवर्तन भएको सूचना जारी गरी विना क्षतिपूर्ती फुकुवा गरेकाले आज मिति २०७८/०९/१२ गते गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यको अध्यक्षतामा बसेको गाउँपालिका र पिडित पक्षको बैठकले उचित क्षतिपूर्तीको लागि सम्बन्धित कम्पनीमा माग गर्ने निर्णय गरेको छ ।