आज मिति २०७७/०२/३१ गते दिप्रुङ चइचुम्मा गाउँपालिकाको आ.व. २०७६/०७७ को वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता भएको व्यक्तीहरूलाई सिन्के धुप(अगरबत्ती) तथा मुढा बनाउने आधारभूत तालिम समापन भएको छ । ७ दिने तालिम यहि २५ गतेबाट शुरु भइ आज समापन भएको हो । सिन्के धुपको लागी रु १ लाख ५० हजार र मुढा बनाउने तालिमको लागी रु १ लाख बजेट गाउँपालिकाले विनियोजन गरेको थियो । मुढा बनाउने तालिमकामा यहि गा.पा. वडा नं. ५ का अमृत राई र सिन्के धुपको लागी वडा नं. ६ का लोकराज कटवालले प्रशिक्षण गर्नु भएको थियो । प्रमाणपत्र भन्दा पनि सिप र क्षमतालाई प्राथमिकता दिई स्थानीय प्रशिक्षकद्वारा नै प्रशिक्षण गराइएको थियो ।
आज मिति २०७७ साल जेष्ठ ३० गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी वर्ष आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको लागी गाउँपालिकाका राजनैतिक दल, पूर्व निर्वाचित पदाधिकारी, शिक्षक, अगुवा कृषक, वौद्धिक वर्ग, पत्रकार, गैर सरकारी संस्था सँग अन्तरक्रिया कार्यक्रम गरी परामर्श तथा सुझाव संकलन गरेको छ ।