दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रेमा तीन दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी बैशाख १३, १४ र १५ गतेसम्म वरिष्ठ विशेषज्ञ चिकित्सकको टोलीद्धारा स्वास्थ्य शिविर हुन लागेको हो | शिबिरमा स्त्री रोग, बालरोग, अर्थो, नशा, नाक, कान, घाँटी, आँखा, दात, पेट लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा सुविधा पालिकावासीले लिन पाउनेछन् |