समाचार
समितिका अध्यक्ष र सचिव द्वारा हिनामिना(लुकाएर राखेको) गरेको रू १२ लाख रूपैया कृषकलाई भुक्तानी
२०७७ साल असोज १३ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अगुवाईमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा यस गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको कृषि ज्ञान केन्द्र खोटाङबाट संचालित सुन्ताला ब्लक संचालक समितिका अध्यक्ष र सचिवले निकासा भएको रू २८ लाख मध्ये हिनामिना(लुकाएर राखेको) गरेको रू १२ लाख रूपैयामा १०,८८,१५०।- आज मिति २०७७ असोज २३ गते उक्त समितिका अध्यक्ष र सचिव द्वारा तपसिल बमोजिमको समुहरूलाई गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको रोहवरमा भुक्तानी गरेको र तल उल्लेखित समुह बाहेक केही कृषकहरू १५४७ वोट वरावरको मल लिने भन्ने जानकारी प्राप्त भएको छ ।
तपसिल :
१.जनजागरण
२. जाल्पादेवी
३. वापाचुङ
४. रोभो
५. हरियाली(छोरम्बु)
६. पिपलडाँडा
७. नव जागरण
८. सूर्य प्रकाश
९. सम्झना
१०. हरियाली(याम्खा)
११. सगरमाथा
१२. सहकला
१३. हाम्रो राम्रो
१४. लालिगुरास
१५. जनमुखी