FAQs Complain Problems

योजना भुक्तानी तथा फरफारक गर्दा चाहिने कागजजातहरु के के हुन् ?

१. गाउँपालिकाबाट गरिएको सम्झौताको सक्कल प्रति–१
२. गाउँपालिकाले प्रदान गरेको योजना स्टीमेटको सक्कल प्रति–१
३. ३ लाख भन्दा बढीको योजनाको होडिङ बोर्ड राखेको फोटो–१
४. कार्य सम्पन्न मूल्याङ्कन फारमको सक्कल प्रति–१
५. गाउँपालिकाबाट गरिएको अनुगमनको मूल्याङ्कन फारम सक्कल प्रति–१
६. कार्य सम्पन्न भएको भन्ने उपभोक्ता समितिले गरेको निर्णय–१
७. आम भेलाबाट कार्य सम्पन्न सहितको भेलाबाट योजनामा भएको खर्चको अनुमोदन–१
८. कार्यको लागि सामान खरिद गरिएको भए खरिद गरिएको सामानको भ्याट बिल र उक्त कम्पनीले अघिल्लो महिना सम्मको भ्याट चुक्ता गरेको प्रमाण–१
९. कामदारबाट काम लगाएको भए डोर हाजिर फारम भरी हाजिर प्रमाणित गरेको फारम–१
१०.योजनामा मेसिन प्रयोग गरेको भए भ्याट बिल र बिलको साथमा अघिल्लो महिना सम्मको करचुक्ता प्रमाण पत्र–१
११. वडा अध्यक्षबाट योजना सम्पन्न भएको र उक्त योजनाको भुक्तानी दिनु हुन भन्ने व्यहोराको किटानी सिफारिस–१
१२. योजना फरफारक गरी भुक्तानी पाऊ भन्ने व्यहोराको उपभोक्ता समितिको निवेदन  

जन प्रतिनिधि