आज मिति २०७९/०३/१७ गतेकाे दिन यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष श्री लाेकेन्द्र राई ज्यूकाे अध्यक्षतामा कार्यालय सञ्चालनलाई व्यवस्थित, पारदर्शी, जाेखिममुक्त र मितव्यायी बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ मा व्यवस्था भए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका निर्माण गर्न प्रदेश प्रशिक्षण केन्द्र कलवलगुरी झापा १ नं. प्रदेश मार्फत आउनु भएका सहजकर्ताहरूद्धारा अनुशिक्षण कार्यक्रम ।
१९ औं राष्ट्रिय धान दिवसको अवसरमा यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा आयाजित रोपाई महोत्सब दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र राई ज्यूको अध्यक्षतामा साथै प्रमुख प्रशासकीय अधिकृत ज्यू लगायत सम्पुर्ण गाउँपालिका कर्मचारीहरुको संयुक्त सहभागितामा "धान बालीमा जैबिक विविधता उपयोगः आयत प्रतिस्थापनमा सहयोग" भन्ने नाराका साथ २०७९ को धान दिवस मनाइयो ।