आज मिति २०७८/०२/३१ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूले कोरोना संक्रमित सिकिस्त विरामीहरू ऐ गाउँपालिका वडा नं. ७ ज्यामिरे निवासी ५८ वर्षिय राजकुमार राईलाई करिब ३०० मिटर र वडा नं. ६ दिहुँ स्थायी घर भई केही समय देखि वडा नं. ३ छोरम्बु पिप्लेमा दीदीको घरमामा बस्दै आउनु भएको २१ वर्षिय श्री दिल कुमार तामाङलाई करिब ५०० मिटर बोकेर अस्पताल पुर्याउनु हुँदै अध्यक्ष श्री भुपेन्द्र राई ज्यू ।
आज मिति २०७८ साल असार ४ गते सामाजिक विकास कार्यक्रम अन्तर्गत महिलाहरूलाई लक्षित गरेर " ढाका बुन्ने मेसिन वितरण" कार्यक्रम सम्पन्न गरिएको छ । प्रत्येक वडालाई साडि र बर्की बन्ने आवश्यकीय धागो, कैँची लगायतको सामान सहित दुई दुई थान मेसिन प्रदान गरिएको छ । प्रत्येक वडामा ढाका बुन्ने तालिम समेत तत्कालै सन्चालन गरिनेछ ।