"हामी दिप्रुङ चुइचुम्माली ल्याउछौँ समृद्धि अनि खुसी " भन्ने मुल नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ३ दिने (२०७६/०१/२९ देखि २०७६/०१/३१) आवधिक विकास योजना तर्जुमा कार्यशाला गोष्ठी समापन भएको छ । उक्त गोष्ठीमा प्रदेश संसद माननीय श्री रामकुमार राई(पासाङ ) द्वारा योजना तर्जुमा कार्य सफलताको शुभकामना प्रदान गर्नु भयो ।
प्रथम दिप्रुङ चुइचुम्मा स्टार २०७६ को दोस्रो दिन आज २०७६/०१/२३ गते पन्चमी बजारमा २९ (टेम्मा: १० र पन्चमि बजार : १९)जना प्रतिस्पर्धीहरुमध्ये ११ जना छानिनु भएको छ । निर्णायक मन्डलहरुमा आदरणीय गायकहरु श्री रुप कुमार राई, रोशन राई(पालुवा स्टार ) र सुबास सर्जन रहनुभएको थियो ।